समाचारशुक्रबार, पौष २७, २०६९
पृथ्बीनारायण शाहको सम्मान हुनुपर्छः नेपाल
२७ पुसमा पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले राजनीतिक व्यवस्था परिवर्तनस“गै इतिहास मेट्ने संस्कार बढ्दै गएकोमा दुख व्यक्त गरे । उनले भने, “दलहरुले इतिहास संरक्षण नगरे आफैं समाप्त भएर जान्छन्”
कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकता दिवसलाई राज्यले अवमुल्यन गरेको आरोप लगाए । उनले पृथ्वीनारायण शाहको योगदानलाई कुनै राजनीतिक परिवर्तनसग जोडेर हेर्न नहुने बताए ।
कार्यक्रममा विभिन्न दलका नेताहरु, पूर्व सभामुख, सुरक्षा निकायका वहालवाला तथा पूर्व प्रमुखहरु, कलाकार, पत्रकार, तथा राप्रपा नेपालका कार्यकर्ताको उल्लेख्य सहभागिता थियो ।
