समाचारशुक्रबार, पौष २७, २०६९
कांग्रेस अब आन्दोलनमा: सिंह
सहमतिको सरकार गठन गरी निर्वाचनमा जानका लागि सत्तारुढ दलहरु बाधक भएको भन्दै उनले आन्दोलनको बलले नै सहमतिका लागि दबाव पर्ने भएकाले विपक्षीहरु सडक संघर्षमा जानुको विकल्प नभएको बताए ।
२६ पुसमा बनेपामा नेपाल शिक्षक संघको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले सत्ता गठवन्धन सरकार छाड्ने मनस्थितिमा नरहेकाले आन्दोलन मार्फत नै उनीहरुलाई सहमतिमा ल्याउने दावी गरे । यद्दपी उनले वार्तालाई पनि सँगसँगै अघि बढाउने पनि बताएका थिए ।
नगेन्द्र अधिकारी, काभ्रे
