समाचारशनिबार, पौष २८, २०६९
अपहरित कोइरालाको शव भेटियो
कोइरालाको शव पाल्पा, केराबारी र चर्चरेबीचमा भीरबाट झाडीमा फालिएको अवस्थामा २८ पुस बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको शरीरका बिभिन्न भागमा चोट रहेको र घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरी फालिएको पाल्पाका प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
देव पचभैया, पाल्पा
