समाचारशनिबार, पौष २८, २०६९

पत्रकार महासंघको टोली दैलेख प्रस्थान

हिमालखबर

महासंघका अध्यक्ष शिव गाउँले

महासंघका अध्यक्ष शिव गाउँले संयोजक रहेको टोलीमा सल्लाहकार पोषण केसी, केन्द्रीय सदस्य दामोदर तिमिल्सना र मध्यपश्चिमाञ्चल संयोजक सूर्यमणी गौतम सहभागी छन् ।

टोलीले अनुसन्धानका बारेमा जानकारी लिनुका साथै पीडितका परिवार, स्थानीय पत्रकार, प्रहरी र प्रशासनसँग अन्तरक्रिया गरी प्रतिवेदन सार्वजनिक गर्ने अध्यक्ष गाउँलेले बताएका छन् । यसअघि २७ पुसमा पत्रकारद्वय कनकमणि दीक्षित र नारायण वाग्ले हत्या अनुसन्धान बारे बुझ्न र त्यसक्षेत्रका पत्रकारहरुको अवस्थाबारे जानकारी लिन त्यसतर्फ गइसकेका छन् ।

२७ साउन २०६१ मा तत्कालिन माओवादीबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा पक्राउ परेका पाँच जनाको बयान रोक्न प्रधानमन्त्री बाबुराम भट्टराईले दबाव दिएका छन् भने महान्यायाधिवक्ता मुक्ति प्रधानले जिल्ला सरकारी वकिलको कार्यालय र प्रहरीलाई बयान लिने र मुद्दा दर्ता गर्ने काम नगर्न नगराउन लिखित आदेश नै दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>