समाचारशनिबार, पौष २८, २०६९

‘प्रधानमन्त्री दया–माया नभएका मानिस’

हिमालखबर

अध्यक्ष थापाले २८ पुसमा गृह जिल्ला धनकुटामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले जघन्य र पासविक हत्याको अपराधलाई लडाईको बेला भएको घट्ना भन्दै छानविन कार्यमा अवरोध पुर्‍याउनुले उनी दया–माया नभएका मानिस भएको टिप्पणी गरेका हुन् । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा अवरोध गर्नु प्रधानमन्त्री भट्टराई र एमाओबादीको सत्ताकब्जा गर्ने घोषित नीतिकै परिणाम भएको थापाको भनाई थियो ।

उनले प्रधानमन्त्री भट्टराईलाई ‘चिसो मान्छे’ को संज्ञा दिँदै हत्याराहरुका पक्षमा ‘डिफेन्स’ लिएर प्रधानमन्त्रीले कानूनको बर्खिलाप गरेको समेत बताए । पत्रकार हत्याका घट्नामा नेपालका सञ्चार माध्यमहरुले लिएको अडानलाई सहासिक भन्दै उनले प्रशंसा गरेका थिए ।

एकअर्को प्रसंगमा राजनीतिक दलहरु सहमतिमा पुग्न नसकिरहेको बेलामा केही पुरातनबादी शक्तिहरुले राजा फर्काउने हल्ला गरे पनि उनीहरुको सपना पूरा नहुने थापाले बताए । उनले भने, “राजासंस्था फर्किन्छ भन्ने कल्पनासमेत गर्न सकिंदैन ।”

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>