समाचारशनिबार, पौष २८, २०६९

दैलेखमा आन्दोलन जारी

हिमालखबर

२८ पुसमा पनि दोषीमाथि शीघ्र कारवाहीको माग गर्दै निकालिएको विरोध जुलुशले बजार परिक्रमा ग¥यो भने प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानको पुतला दहन समेत भएको थियो ।

दोषीमाथि कारवाही प्रक्रिया बारे जानकारी लिन दैलेखमा पुगेका पत्रकारहरु  कनकमणि दीक्षित, नारायण वाग्ले, कुन्दन अर्याल, अधिकारकर्मी सुशील प्याकुरेल सहित इन्सेक नेपालगंजका भोला महत, बालकृष्ण चापागाई, यज्ञ थापा र दुर्गा थापा सहितको टोलीले दैलेखका नागरिक समाज, राजनीतिक दल र अन्य निकायसँग परामर्श गरेको छ । त्यसैगरी अनुसन्धान प्रक्रियाको अनुगमन र त्यहाँका पत्रकाहरु र पीडित परिवारको अवस्था अध्ययन गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले नेतृत्वको मिसन टोली पनि दैलेख आइपुगेको छ ।

पत्रकार थापाका हत्याका अभियुक्त लछीराम घर्तीलगायत पाँचजना आठ दिनदेखि प्रहरी हिरासतमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>