समाचारआइतबार, पौष २९, २०६९
बस दुर्घटनाका मृतक सबैको सनाखत
प्रहरीका अनुसार सो दुर्घटनामा मृत्यु हुनेहरूमा अछाम देवीस्थान गाविस ६ का २८ वर्षीय कृष्ण खड्का, वैद्यनाथ गाविस–३ की ४२ वर्षीया पवना शाह, दैजी गाविस कञ्चनपुरका २६ वर्षीय पशुपति ठकुल्ला र सात वर्षीय बालक रोशन ठकुल्ला, अछाम सिद्धेश्वर गाविस– ९ का २७ वर्षीय टङ्क बुढा र वर्ष १८ का विमल बुढा, कालागाउँ गाविस– ९ का २३ वर्षीय बहादुर सोडारी, धनगढी नगरपालिका– ५ का २१ वर्षीय गगन थापा र कञ्चनपुर जिल्ला दैजी गाविसका २८ वर्षीया कल्पना ठकुल्ला रहेका छन् ।
यसैगरी अछाम दर्ना– ५ का २५ वर्षीय तपेन्द्र ठकुल्ला, वर्ष २१ का भरत ठकुल्ला, वर्ष २३ का कमल ठकुल्ला, वर्ष २७ का चक्र ठकुल्ला, वर्ष ३८ का देवानन्द खनाल, दर्ना– ६ का ४५ वर्षीया रङ्गीदेवी रावल, ५ का ३२ वर्षीय कमानसिं ठकुल्ला, रमारोशन– ९ का ४० वर्षीय शेरबहादुर साउद, कैलाली फूलवारीका ४८ वर्षीय तुलाराम गिरी, अछाम वर्दादेवी– ९ का २३ वर्षीया देउसरा ठकुल्ला, ५ का २० वर्षीया डम्मरी कुमारी ठकुल्ला, चाथामाण्डौ ६ का ३५ वर्षीया कमलादेवी रावल, धनगढी नगरपालिका– ५ का ४७ वर्षीय नरभुपाल शाह, अछाम कालिका– २ का ५२ वर्षीय इन्द्र ढोली, दर्ना– ५ का ४४ वर्षीय खडक ठकुल्ला, कालागाउँ– ९ का २६ वर्षीय चन्द्र सोडारीको सनाखत भएको छ ।
यस्तै अछाम मलाटिकट– ५ का ३० वर्षीया रमिला शाह, दर्ना– ९ का ३० वर्षीय रूपबहादुर रावत, मङ्गलसेन– ६ का २९ वर्षीय चन्द्रदेव रेग्मी, बसचालक कैलाली साडेपानीका– ३७ वर्षीय मक्कुराम चौधरी, सहचालक कैलालीकै २१ वर्षीय गणेश चौधरी र बसमालिक कैलाली भजनीका ५६ वर्षीय उज्जले बुढाको पनि मृत्यु भएको छ ।
अछामको जयगढबाट धनगढीतर्फ अउँदै गरेको ना४ख ३६०३ नं को कर्णाली रिभर यातायातको बस सडकबाट करिब ६०० मिटर तल खसेर भएको सो दुर्घटनामा १३ जना घाइते भएकामा दुई जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ भने ११ जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ ।
यो राजमार्गमा बस दुर्घटनाबाट यति ठूलो मानवीय क्षति पुगेको सम्भवतस् यो पहिलो घटना हो । राति सडकमा जमेको शीतमा पाङ्ग्रा अचानक चिप्लिएर अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनास्थल धनगढीदेखि करिब ९३ किमिको दूरीमा उत्तर पहाडी क्षेत्रमा पर्दछ ।
दुर्घटनाका मृतकमध्ये शनिबार साँझसम्म १६ शव सम्बन्धित परिवारको जिम्मा लगाइसकिएको र अरू शव सम्बन्धितलाई जिम्मा लगाउने प्रयास भइरहेको प्रहरीले बताएको छ । सो ठाउँ भिरालो र विकट रहेको कारण उद्धार कार्य जटिल बनेको प्रहरीले बताएको छ ।
