समाचारआइतबार, पौष २९, २०६९

डेकेन्द्र हत्याका अभियुक्तको बयान रोकियो

हिमालखबर

२९ पुस बिहान जिल्ला न्यायाधिवक्ताले महान्याधिवक्ताको निर्देशनसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएपछि प्रहरीले ‘माथिको आदेश’ कुर्दै बयान रोकेको हो । पक्राउ परेका पाँचजना अभियुक्तमध्ये दुइजनाको बयान लिने काम बाँकी नै थियो । “हिंजोसम्म बयान जारी थियो, आज लिखित पत्र नै आएपछि के गर्ने भनेर हेडक्वार्टरको आदेश पर्खेका छौं” दैलेखस्थित प्रहरी स्रोतले भन्यो, “आदेश आएपछि त्यही अनुसार गर्ने हो ।” प्रहरीले जिल्ला अदालतबाट अनुसन्धानका लागि थप गरेको म्याद ३ माघमा सकिँदैछ ।

महान्यायाधिवक्ता प्रधानले २७ पुसमा लिखित रुपमै अभियुक्तहरुको बयान लिने कार्य रोक्न निर्देशन दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>