समाचारसोमबार, माघ १, २०६९
इमेजको प्रसारण सरकारी निर्देशनमा रोकियो
“२९ पुस साँझबाट केबलहरुले हाम्रो प्रसारण रोकेका छन्, उनीहरुसँग बुझ्न खोज्दा स्पष्ट जवाफ दिएनन् यसमा सरकारी संलग्नता जस्तो देखिएको छ,” इमेज च्यानल टेलिभिजनका समाचार सम्पादक महेन्द्र बिष्टले बताए । उनले अगाडि भने, “दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा सरकार गैरजिम्मेदार भयो भन्ने समाचार हामीले प्राथमिकता दिएर प्रसारण गरिरहेका छौं, त्यसैले पनि हुनसक्छ ।” केबलहरुले प्रसारण बन्द गरे पनि टेलिभिजनको प्रसारण भने सुचारु नै रहेको विष्टले जानकारी दिए ।
यससम्बन्धमा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसँग कुरा गर्दा उनले ‘म बुझ्छु’ मात्रै भनेको विष्टले हिमालखबरलाई बताए । बिष्टले आफूहरु यकिन कारण पत्तालगाउन प्रयासरत रहेको बताएका छन् ।
