समाचारसोमबार, माघ १, २०६९
नवौ पटकको समयसीमा पनि व्यर्थै
अहिलेसम्म दलहरुबीच औपचारिक छलफल समेत हुन नसक्दा सहमति नहुने निश्चित देखिएको छ । राष्ट्रपतिले यसअघि दिएको आठौ पटकको समय सकिदा २६ पुसमा दलहरुले १ माघसम्म सहमति गर्ने प्रतिवद्धता जनाएका थिए । दलहरुले यसपटक पनि सहमति हुन नसके नयाँ विकल्पमा जाने बताएका थिए । राष्ट्रपति यादवले सहमति गर्न नसकेका कारण अबको छलफलमा अन्य विकल्पका विषयमा पनि दलहरुको राय माग्ने शीतल निवास स्रोतले जनाएको छ ।
दलहरुले सहमति गर्न नसकेपछि राष्ट्रपतिले २ माघमा दलहरुसँग फेरि छलफलको तयारी गरेका छन् । यसैबीच विपक्षी दलहरुले सहमति हुन नसकेको अवस्थामा भावी रणनीतिका विषयमा आज छलफल गर्दैछन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेको पहलमा दिउँसो हुने छलफलमा एकीकृत नेकपा माओवादीले सहमति गर्न नमानेमा आन्दोलनमा जाने तयारीका विषयमा छलफल हुनेछ ।
