समाचारसोमबार, माघ १, २०६९

आक्रोशित छ दैलेखः अधिकारकर्मी

हिमालखबर

तस्बीरः डम्बरकृष्ण श्रेष्ठ/हिमालखबर

दैलेखको पछिल्लो अवस्थाबारे जानकारी दिन जवाफदेहिता निगरानी समितिद्वारा १ माघमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अधिकारीकर्मीहरुले दैलेखवासी जसरी पनि न्याय पाउनुपर्ने पक्षमा रहेको बताएका हुन् । मानवअधिकारकर्मी सुशील प्याकुरेलले प्रधानमन्त्री भट्टराईको निर्देशन र महान्यायाधिवक्ता प्रधानको अनुसन्धान रोक्ने लिखित आदेशले पीडामा रहेको दैलेखवासीलाई थप आक्रोशित बनाएको बताए ।

अनुसन्धान प्रक्रियाबारे अनुगमन गर्न दैलेख पुगेर फर्केका पत्रकार कनकमणि दीक्षितले पत्रकार थापा दैलेखवासीको मनमुटुमा जीवितै रहेको बताए । उनले मृतक थापाका परिवार, स्थानीयवासी र त्यहाँका राजनीतिक कार्यकर्ताहरुको साहस र जुझारुपनबाट काठमाडौंले पाठ सिक्नुपर्नेमा जोड दिए ।

पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले महान्यायाधिवक्ता प्रधानले हत्या अनुसन्धान रोक्न पत्रचार गरेर मुलुकको फौजदारी न्यायप्रणाली समाप्त पारेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>