समाचारसोमबार, माघ १, २०६९

हत्यारालाई कार्वाही हुनुपर्छ: उपराष्ट्रपति

हिमालखबर

नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले १ माघमा लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले प्रधानमन्त्रीले हत्याराको बचाउ गर्नु नहुने भन्दै थपे, “प्रधानमन्त्रीले महान्यायाधीवक्ता नियुक्ति गर्ने भएकाले उहाँले नै बचाउ गर्नुभएको छ ।” सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नभइसकेकाले वर्तमान कानूनमै टेकेर हत्यारा विरुद्ध कारवाही अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।

त्यस्तै झाले राष्ट्रपति र दलहरुबीच संवाद सक्रियरुपमा जारी रहेकाले चाँडै सहमति हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “भोलि सहमति नहुने अवस्था आए पनि केही दिनभित्रै राजनीतिक निकास निस्किन्छ ।”

राष्ट्रपतिसँग म्याद थप्नुपर्ने बाध्यता भएको भन्दै उपराष्ट्रपति झाले अगाडि भने, “म्याद माग्दामाग्दै दलहरु आफैं थाक्छन् र अन्तमा दलहरु लाज मानेर आफैं सहमति गर्न बाध्य हुनेछन् ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>