समाचारमंगलबार, माघ २, २०६९

महान्यायाधिवक्ताविरुद्धको रिट श्रेष्ठको इजलासमा

हिमालखबर

महान्यायाधिवक्ता प्रधानले पत्रकार डेकेन्द्र थापाको हत्याका अभियु्क्तहरुमाथि अनुसन्धान नगर्न दिएको लिखित आदेश बदर गर्न र न्यायमा अबरोध गरेको कसुरमा कारबाही गर्न माग गर्दै अधिवक्ता गोविन्द बन्दीले २९ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानसहित प्रधानमन्त्री भट्टराई लगायतलाई विपक्षी बनाइएको छ । रिट पेसीमा चढेको र २ माघमै सुनुवाई शुरु हुने सम्भावना रहेको जानकारी सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले दिए ।

अधिवक्ता बन्दीले महान्यायाधिवक्ता प्रधानको आदेश बदर गर्दै उनीमाथि कारबाही गर्न र पत्रकार थापा हत्याका अभियुक्तलाई नछाड्न रिटमा माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>