समाचारमंगलबार, माघ २, २०६९

राष्ट्रपतिले सोधे– ‘अब म के गरौं ?’

हिमालखबर

राष्ट्रपति कार्यालय शीतल निवासमा २ माघ विहान भएको छलफलमा पनि विगतमा जस्तै दलहरुका आ–आफ्नै अडान कायम छँदा कुनै निष्कर्ष भने निस्कन सकेन ।

आफूले नवौं पटक दिएको समयमा पनि सहमति गर्न नसकेपछि दलहरुलाई सामूहिक छलफलका लागि बोलाएका राष्ट्रपतिले ‘मुलुकलाई संकटबाट निकास दिन मैले अब के गर्नुपर्छ, तपाईहरु नै भन्नुस’ भन्दै सुझाव मागेका थिए । छलफलमा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दलका शीर्ष नेता सहभागी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी थिए ।

राष्ट्रपतिले अब पनि समय तोकिरहनुको औचित्य नभएको बताएको बैठकमा सहभागी नेकपा मालेका महासचिव सीपी मैनालीले जानकारी दिए । अबको सात दिनमा पनि सहमति नभए आफ्ना कुरा जनताका बीचमा राख्ने राष्ट्रपति यादवको भनाई रहेको एमाले अध्यक्ष झलनाथ खनालले बताए ।
यसैबीच आफूले बारम्बार म्याद थप गर्दा पनि  दलहरुले सहमति गर्न नसकेपछि राष्ट्रपति डा यादव म्याद थपको सिलसिला बन्द गरी नयाँ सरकार गठनको अन्य विकल्पमा जाने मनसायमा रहेको शीतलनिवास निकट स्रोतले बताएको छ । राष्ट्रपतिले आजै दिउँसो आफ्ना सल्लाहकारहरुसँग छलफल गरी नयाँ कदम चाल्ने सक्ने उक्त स्रोतको भनाई छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>