समाचारमंगलबार, माघ २, २०६९
पाकिस्तानमा प्रधानमन्त्रीलाई गिरफ्तार गर्न आदेश
अशरफ यसअघि उर्जामन्त्री हुँदा उनले आर्थिक अनियमितता गरेको ठहर गर्दै २४ घण्टाभित्रै उपस्थित गराउन अदालतले आदेश दिएको छ । प्रधानमन्त्री परवेज अशरफमाथि ‘पावर रेन्टल प्रोजेक्ट’ मा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ । अशरफबाहेक अन्य मन्त्री र पावर कम्पनीका अधिकारीहरुमाथि पनि गिरफ्तारीको आदेश छ ।
यो आदेशसँगै पाकिस्तान एकपटक फेरि राजनीतिक अस्थिरततर्फ धकेलिने देखिएको छ । धेरै समयसम्म अस्थिर राजनीतिबाट आक्रान्त पाकिस्तानमा वर्तमान सरकारले भने चार वर्षसम्म कार्यकाल पूरा गरेको थियो । पाकिस्तानमा यसै बर्ष निर्वाचन पनि हुँदैछ ।
बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने अदालतको आदेशले त्यहाँको राजनीतिक माहोल तातिएको छ ।
