समाचारमंगलबार, माघ २, २०६९

समय नतोकी राष्ट्रपतिद्वारा आह्वान

हिमालखबर

२ माघ बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको सर्वदलीय छलफलमा दलहरुले समेत सहमतिका लागि समयसीमा तोक्न नहुने बताएपछि राष्ट्रपतिले समयसीमा बिना नै अन्तरिम संविधान २०६३ को धारा ३८ (१) अनुसार सहमतिको सरकार गठनको प्रक्रियालाई निरन्तरता दिएका हुन् ।

बिहान दलहरुसँग भएको छलफलमा राष्ट्रपतिले अबको सात दिनभित्र पनि दलहरुले सहमति नगरेमा आफ्नो भनाई जनतासमक्ष राख्ने बताएका छन् । यसैबीच दलहरुबीच सहमति नभइरहेको अवस्थामा नयाँ सरकार गठनका लागि अन्य विकल्प बारे पनि राष्ट्रपतिले सल्लाहकारहरुसँग छलफल जारी राखेको शीतलनिवास स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयद्वरा जारी विज्ञप्तिको पूर्ण पाठ:

सम्माननीय राष्ट्रपति डा रामवरण यादवले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ साल मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलहरुको माग बमोजिम सम्माननीय राष्ट्रपतिबाट संवत् २०६९ साल माघ १ गते सोमबारका दिनसम्म समय थप भएकोमा राजनैतिक दलहरुबीच नयाँ संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि भएको प्रतिवद्धता अनुरुप यथाशीघ्र सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन राजनैतिक सहमतिका आधारमा गरी आउने भनी तत्कालीन संविधानसभामा प्रतिनिधित्व गर्ने १८ राजनैतिक दलका नेता तथा प्रतिनिधिहरुले आज २०६९ साल माघ २ गतेका दिन प्रतिवद्धता व्यक्त गर्नु भएको हुँदा सम्माननीय राष्ट्रपतिले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिमको प्रकृयालाई निरन्तरता प्रदान गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।

आज्ञाले,
हरिकुमार श्रेष्ठ
प्रवक्ता

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>