समाचारमंगलबार, माघ २, २०६९

पत्रकार हत्याको अनुसन्धान नरोक्न सर्वोच्चको अन्तरिम आदेश

हिमालखबर

न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले २ माघमा यस्तो आदेश दिएको हो । थापाको हत्याको अभियोगमा पक्राउ गरेका पाँचजना अभियुक्तमाथि अनुसन्धान नगर्न र बयान समेत नलिन महान्यायाधिवक्ता मुक्ति प्रधानले प्रहरी तथा सरकारी वकिललाई लिखित निर्देशन दिएका थिए । त्यसैगरी प्रधानमन्त्री बाबुराम भट्टराईले समेत हत्याका अभियुक्तमाथि अनुसन्धान नगर्न प्रहरीलाई ठाडो आदेश दिएका थिए ।

महान्यायाधिवक्ता प्रधान तथा प्रधानमन्त्री भट्टराई लगायतलाई विपक्षी बनाएर अधिवक्ता गोविन्द बन्दीले २९ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए । आफ्नो अन्तरिम आदेशमा सर्वोच्चले ‘हत्याको मुद्धाको अनुसन्धानमा कतैबाट दबाब आएमा वा अनुसन्धानमा कसैले कुनै बाधा व्यवधान सिर्जना गरमो सो बारेको प्रतिवेदन सर्वोच्चमा पेश गर्न’ समेत प्रहरीलाई आदेश दिएको छ । यो आदेश पश्चात तोकिएका अनुसन्धान अधिकारीले पत्रकार डेकेन्द्रराज थापाको हत्याबारे स्वतन्त्रतापूर्वक अनुसन्धान गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको पुर्ण पाठको लागि यहाँ क्लिक गर्नुस् :

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>