समाचारबुधबार, माघ ३, २०६९
नेपाली कांग्रेस आन्तरिक छलफलमा
३ माघ दिउँसो पदाधिकारी र उच्चतहका नेताहरुबीच राजनीतिक निकास र त्यसको विकल्पका विषयमा छलफल हुनेछ । सभापति सुशील कोइरालाको निवासमा दिउँसो १ बजे बस्ने तय भएको बैठकमा सरकारको नेतृत्वका लागि सहमति जुट्ने सम्भावना नरहेको र आन्दोलनका कार्यक्रमहरु तय भइसकेको अवस्थामा पार्टीको नयाँ रणनीतिका विषयमा पनि छलफल हुनेछ ।
कांग्रेस नेता रामशरण महतले राजनीतिक सहमतिका लागि राष्ट्रपतिको पछिल्लो सीमाविहीन आह्वान र कांग्रेसको भूमिकाका विषयमा छलफल हुने जानकारी दिएका छन् ।
