समाचारबुधबार, माघ ३, २०६९

‘गच्छदार कसैको आदेश मान्ने मान्छे हैन’

हिमालखबर

विराटनगर विमानस्थलमा उपप्रधान एवम गृहमन्त्री बिजय गच्छदार । तस्बीरः कमल रिमाल

३ माघमा एक बिवाह समारोहमा सहभागी हुन विराटनगर आएका मन्त्री गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, “हत्यारालाई कारवाही नगर्न प्रधानमन्त्रीले आदेश गरे पनि बिजय गच्छदार कसैको आदेश मान्ने मान्छे हैन ।” हत्याराहरु प्रहरीको हिरासतमा भएकाले उनीहरुलाई कानूनी प्रकृयाबाटै कारवाही हुने गच्छदारले बताए ।

पत्रकार थापा हत्याका अभियुक्तहरुको बयान रोक्न महान्यायाधिवक्ता मुक्ति प्रधानको लिखित आदेश र प्रधानमन्त्रीको दबावपछि सर्वोच्च अदालतले बयान नरोकी कारवाही प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरिसकेको छ ।

एक अर्को प्रसंगमा उनले विपक्षीदलहरुले सरकारबिरुद्ध आन्दोलनको तयारी गरे पनि त्यसले केही नहुने जिकिर गरे । बिगतमा पनि सरकार हटाउन आन्दोलनको तयारीपछि विपक्षीहरु सहमतिमा आएर आमसभा स्थगित भएको स्मरण गर्दै उनले यस पटकपनि दुबै दल सहमतिमा आउने दाबी गरे ।

सहमतिका लागि यस पटक समय थप नगरेर राष्ट्रपति डा रामवरण यादवले पदीय गरिमा बढाएको भन्दै उनले सहमतिका लागि राष्ट्रपतिको प्रयासको प्रशंसा समेत गरेका थिए ।
कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>