समाचारबुधबार, माघ ३, २०६९
‘मानवअधिकारबारे दलहरुको बुझाई कमजोर’
विशेषगरी आफूलाई लोकतान्त्रिक भन्न रुचाउने नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै कर्णेल लामाको पक्राउलाई देशको सार्वभौमसत्तासँग दाँज्न खोज्नु लज्जास्पद भएको उनको भनाई थियो ।
लमजुङ्का शिक्षक मुक्तिनाथ अधिकारीको एघारौं वार्षिक पुण्यतिथिको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अधिकारकर्मी प्रसाईले मानवअधिकार उलंघन गर्नेहरुमाथि अनुसन्धान गरी दण्डित गर्ने व्यवस्था मुलुकमा नभएसम्म मानवअधिकार उलंघनका आरोपीहरु यसरी नै विदेशमा पक्राउ परिरहने बताए । उनले विगतमा भएको १२ वुदें सहमतिको ८ नं. बुँदामा मानवअधिकारको मूल्य मान्यतालाई पूर्णरुपमा सम्मान गर्ने उल्लेख भएको स्मरण गर्दै अहिले माओवादीले आफैंले हस्ताक्षर गरेको उक्त सहमतिलाई विर्सेर युद्ध अपराध, मानवअधिकार उलंघन तथा हिंसा गर्नेहरुलाई उन्मुक्ति दिन खोजेको आरोप पनि लगाए ।
त्यस्तै अधिकारकर्मी सुवोध प्याकुरेलले एक जना डेकेन्द्र थापाको फाईल पल्टाइँदा अब आफू पनि युद्ध अपराधमा दण्डित हुने डरले माओवादीले कोलाहल मच्चाएको दाबी गरेका थिए ।
संविधानविद् दिनेश त्रिपाठीले हतियार विसाउँदैमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको मान्न नसकिने भन्दै थपे, “त्यसको लागि विधिको शासनलाई बलियो बनाउनु पनि उत्तिकै जरुरी छ । ” जबसम्म डेकेन्द्र थापा, मुक्तिनाथ अधिकारी जस्ता १७ हजार मृतक, पाँच हजार विस्थापित र हजारौं बेपत्ताले न्याय पाउदैनन् तब सम्म वास्तविक शान्ति नआउने ् त्रिपाठीले प्रष्ट पारे ।
मीना शर्मा, हिमालखबर
