समाचारबिहीबार, माघ ४, २०६९
तेत्तीस एसएसपीको सरुवा
गृहमन्त्रीस्तरीय निर्णयबाट अञ्चल प्रहरी कार्यालय मेचीमा केशरीराज घिमिरे, कोशीमा यादवराज खनाल, सगरमाथामा भोगबहादुर थापा, जनकपुरमा शिव लामिछाने, बागमतीमा रमेशप्रसाद खरेल, नारायणीमा सवेन्द्र खनाल, गण्डकीमा केदारमानसिं भण्डारी, धवलागिरीमा मिलन बस्नेत, लुम्बिनीमा मिङ्मार लामा, कर्णालीमा गणेशबहादुर गुरुङ, राप्तीमा उत्तमबहादुर सिंह, भेरीमा मधुप्रसाद पुडासैनी, महाकालीमा छविलाल जोशी र सेतीमा लव विष्टलाई सरुवा गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंमा रणबहादुर चन्द, महानगरीय प्रहरी अपराध महाशाखामा विजयलाल कायस्थ, लागू औषध नियन्त्रण ब्यूरोमा सुबोध घिमिरे, महानरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा हेमन्तबहादुर पाल, अनराष्ट्रिय विमानस्थलमा रमेशप्रसाद फुयाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा गोविन्दप्रसाद निरौला, महानगरी ट्राफिक प्रहरी महाशाखामा माधवप्रसाद जोशी, प्रधान कार्यालय कल्याण शाखामा पशुपति उपाध्याय, अपराध नियन्त्रण तथा समुदायिक सुरक्षा महाशाखामा लक्ष्मण न्यौपाने, जगेडापुलमा रोमेन्द्रसिंह देउजा तथा निलम्बित रविन्द्रराज श्रेष्ठ र युक्ति तालिम महाविद्यालयमा घनानन्द भट्टलाई लागिएको छ ।
यसैगरी माधवप्रसाद नेपाललाई कार्य महाशाखा, विजयकुमार भट्टलाई आन्तरिक प्रशासन महाशाखा, देवेन्द्र सुवेदीलाई युएन शाखा, ज्ञानोदराज बैद्यलाई आन्तरिक नियन्त्रण महाशाखा, रमेशकुमार पाण्डेलाई महानरीय प्रहरी आयुक्तको कार्यालय प्रशासन महाशाखा र सुभाषचन्द्र चौधरीलाई सुरक्षा महाशाखामा सरुवा गरिएको छ ।
