समाचारशुक्रबार, माघ ५, २०६९

मानवअधिकार सम्बन्धी मुद्दाका पीडकलाई उम्कन दिनु हुँदैन : युरोपेली संघ

हिमालखबर

डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, बेलायत र युरोपेली आयोग तथा नर्वे र सीवजरल्याण्डसमेतका नेपालको विकास कार्यक्रममा प्रमुख दाता रहेका राष्ट्रहरुले एक विज्ञप्ति जारी गर्दै संक्रमणकालिन न्याय संयन्त्र गठन गर्दा निर्धारित अन्तराष्ट्रिय मापदण्ड पुरा नगरिए सबै खाले  सहयोग रोक्ने चेतावनी दिएका छन् ।

नेपालमा बढ्दो  दण्डहीनता र मानवअधिकार उल्लघंनका घटनाप्रति चासो देखाउँदै सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगमा आम माफी दिने प्रावधान राखिएको सूचना बाहिर आएपछि जारी सो विज्ञप्तिमा आयोगको मस्यौदाबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरण, बढदो महिला हिंसाका घटना र बेलायतमा महासेनानी कुमार लामा पक्राउ प्रकरण जस्ता घटनाले नेपालमा दण्डहिनता बढीरहेको र न्याय पद्दति खस्कदै गएकोमा चिन्ता प्रकट गरिएको छ । भनिएको छ “पीडितलाई कहिल्यै बेवास्ता गर्न हुँदैन र पीडकलाई कानुनी दायराबाट उम्कन दिनु हुँदैन । मानवअधिकार सम्बन्धी मुद्दाहरु वा महिला विरुद्धका हिंसामा भएका अपराधलाई भुल्न हुँदैन ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>