समाचारशुक्रबार, माघ ५, २०६९
सिस्टम् नबिगारः युरोपियन युनियन
काठमाडौंमा ५ माघमा भएको सामूहिक छलफलमा कुटनीतिज्ञहरूले शान्ति प्रक्रिया र लोकतान्त्रिक पद्धतिलाई खल्बलिन दिन नहुनेमा जोड दिएका हुन । युरोपियन युनियन डेलिगेसनका नेपाल प्रमुख डा. अलेक्जेण्डर स्पाशिसले छलफलपछि आफूहरुले एमाओवादी नेतृत्वलाई मुलुकको समग्र सिस्टम् बिग्रन नदिन आग्रह गरेको जानकारी दिए । लोकतन्त्र, शान्ति प्रक्रिया र विकास निर्माणले निरन्तरता पाउनु पर्ने तथा सत्य निरुपण आयोग गठनमा आफूहरुको जोड रहेको पनि उनले उल्लेख गरे ।
एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीको विषयमा रहेको द्विविधाका विषयमा कुटनीतिज्ञहरुलाई स्पष्ट पार्न सकेको बताए । आफूहरुले सत्य निरुपण आयोगको विषयमा पहिलेदेखि नै कुराकानी गर्न चाहको र हिजो युरोपियन युनियनको विज्ञप्ति आएपछि छलफलमा बसेको दाहालको भनाई थियो ।
