समाचारशुक्रबार, माघ ५, २०६९
उद्योगपति अपहृत भएको आशङ्का, खोजी शुरु
राठी गत २७ पुसदेखि नै अपहरणमा परेको तर, उनको सुरक्षालाई ध्यानमा राखी परिवारजनले खोजीका निम्ति प्रहरीसमक्ष अहिलेसम्म औपचारिक जानकारी गराएको छैन ।
मोरङ व्यापार सङ्घका भूतपूर्व अध्यक्ष एवम् नेपाल–भारत मैत्री सङ्घ मोरङका अध्यक्षसमेत रहेका राठीको अपहरण भारतको सिलीगुडीबाट भएको आशंकामा खोजी शुरु गरिएको विश्वस्त स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक निरजबहादुर शाहीसँग राठीको अपहरणका बारेमा जिज्ञासा राख्दा राठीको परिवारले सो विषयमा केही जानकारी नगराएको बताए । उनले आफूले पनि मौखिकरुपमा राठी अपहरणको कुरा सुनेको बताएका छन् ।
