समाचारशुक्रबार, माघ ५, २०६९
एमाओवादी चुनावबाट भाग्न खोज्दैछः ज्ञवाली
प्रेस चौतारी झापाले ५ माघमा बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाओवादी पार्टी फुटेको, पार्टीभित्र पनि वैचारिक मतभेद बढ्दै गएको र जनतामा वर्तमान सरकार अलोकप्रिय बन्दै गएकाले एमाओवादी निर्वाचनबाट टाढिएको विश्लेषण गरे ।
राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर पटकपटक सहमतिका लागि म्याद थप्दासमेत एमाओवादीले विभिन्न बहाना बनाउँदै सहमति हुन नदिएको ज्ञवालीको आरोप छ । वर्तमान कामचलाउ सरकारका कारण देशमा दण्डहीनता मौलाइरहेको भन्दै नेता ज्ञवालीले दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई संरक्षण गर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने प्रधानमन्त्रीले देशमा शान्तिसुरक्षा कायम गर्न नसक्ने स्पष्ट भएको बताएका थिए ।
