समाचारशुक्रबार, माघ ५, २०६९
लोडसेडिङ दैनिक १४ घण्टा पुग्यो
यसअघि पुस ११ गतेदेखि हप्तामा ८४ घण्टा विद्यत कटौती हुँदै आएकोमा ६ माघदेखि हप्तामा ९७ घण्टा कटौती गरिने प्राधिकरणले जनाएको छ । परिवर्तित तालिकाअनुसार अब हप्तामा छ दिन १४ घण्टा र एक दिन १३ घण्टा लोडसेडिङ हुनेछ ।
नदीहरूमा पानीको जलस्तर घटिरहेको र भारतबाट आपूर्ति भइरहेको क्षेत्रमा समेत करिब ३० मेगावाट विद्युत कटौती भएको हुँदा साविकमा हुँदै आएको लोडसेडिङ् तालिकामा हेरफेर गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
