समाचारशनिबार, माघ ६, २०६९

आजदेखि विपक्षीको सडक आन्दोलन शुरु

हिमालखबर

सरकार र एमाओवादीले निर्वाचन नचाहेकोले सहमति बन्न नदिएको ठहर गरेका विपक्षी दलहरुले ६ माघदेखि पत्रकार डेकेन्द्रराज थापाको हत्याको विरोधमा दैलेखको सदरमुकाममा विरोधसभा गरी आन्दोलनको शुरुवात गर्न लागेका हुन् । पटक पटकको संवाद सहमतिमा पुग्न नसकेपछि वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका विपक्षी दलहरूले माघ २६ गतेसम्मको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आज दैलेखको सदरमुकाममा हुने सभामा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम, नेपाली कांग्रेसका नेता डा. रामशरण महतलगायतका नेताहरूले संबोधन गर्ने भएका छन् । विरोधसभाको सबै तयारी पूरा भइसकेको एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए । विपक्षी दलहरूको विरोध कार्यक्रमलाई विद्यार्थी सङ्गठनहरूले पनि साथ दिने भएका छन् । पत्रकार थापाको हत्यामा संलग्न आरोपितहरूलाई कारवाही नगर्न प्रधानमन्त्री र महान्यायाधिवक्ताले दिएको निर्देशनप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>