समाचारशनिबार, माघ ६, २०६९

देउवा भन्छन–‘भट्टराईले चाँडै छोडेको राम्रो’

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईको बहिर्गमन नभएसम्म देशमा संकट रहिरहने भन्दै देउवाले संकट अरु नलम्बाउन भट्टराईलाई आग्रह गरे । “मुलुकको निकासको लागि प्रधानमन्त्रीले छिटो बाटो छोडिदिए हुन्छ,” नेता देउवाले भने, “उनले जतिछिटो छोडछन् त्याति छिटो संकट समाधान हुन्छ ।”

नेपाल प्रेस यूनियन बांके शाखाद्वारा नेपालगञ्ज विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता देउवाले सक्ने भए आफूलाई कारवाही गरेर देखाउन सरकारलाई चेतावनी पनि दिए । तत्कालिन माओवादीसँग भएको वार्ता भाँडेकाले देउवालाई युद्ध अपराधको मुद्दा लगाउनुपर्ने माओवादी नेताको धम्कीप्रति आक्रोशित भएका उनले अगाडि भने, “माओवादी नै वार्ता छोडेर दाङ् ब्यारेक हान्न गएका हुन्, उनीहरुलाई नै मुद्दा लगाउनु पर्छ ।” देउवाले थपे, “सक्छन् भने मलाई कार्वाही गरेर देखाउन् ।”

नेपाल महिला संघ अंचल भेलालाई सम्बोधन गर्न दाङ्ग जानेक्रममा नेपालगञ्ज आइपुगेका देउवाले संसद पुन:स्थापनाको मुद्दा आफूले छोडिसकेको उल्लेख गर्दै भने, “पहिले मानेनन्, अब पुर्नस्थापनाको संभावना घटेको छ ।” उनले पटक–पटक गरेको सहमतिमा माओवादीले धोका दिएको बताए । कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार गठन हुनुपर्ने जिकिर गर्दै उनले अहिले कोइराला नै सबैको साझा रहेको दाबी गरेका थिए ।

डी भण्डारी,  नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>