समाचारसोमबार, माघ ८, २०६९
भारतीय रेलबाट २९ नेपाली बालकको उद्धार
रक्सौलबाट मुम्बईका लागि प्रस्थान गर्ने तयारीमा रहेको जनसाधारण एक्सप्रेस रेलबाट २९ बालकलाई उद्धार गरिएको हो । एसएसबीका प्रहरी निरीक्षक राजनकुमार र रेल्वे पुलिस बलका प्रहरी निरीक्षक भरत शर्माको संयुक्त प्रयासमा ती बालकहरुलाई उद्धार गरिएको हो । उद्धार गरिएका बालकहरु ५ वर्षदेखि १० वर्ष उमेर समूहका र अधिकांश सर्लाही जिल्लाका छन् ।
बालकहरुलाई प्रयास नामक भारतीय संस्थाले वीरगन्जको यूथ डेभलपमेन्ट संस्थामार्फत अभिभावकहरुलाई सुम्पिने तयारी गरेको छ ।
अली असगर, वीरगन्ज
