समाचारसोमबार, माघ ८, २०६९

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

हिमालखबर

जिल्ला प्रहरी कार्यलय धादिङका अनुसार दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी अर्का  एक जनाको थप उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्यु हुनेहरुमा धादिङ बुढाथुम–७ का २० वर्षीय लक्ष्मण दाहाल र सल्यानटार ८ देविथानका आठ वर्षीय रुपेश श्रेष्ठ रहेका छन् । अरुको पहिचान खुलेको छैन । बस सडकवाट अन्दाजी ५० मिटर तल खसेको छ ।

चालकले गाडी सहयोगी (खलासी) लाई चलाउन दिएका कारण दुर्घटना भएको सोही गाडीका यात्रु उमेश कुमालले बताए । करिब ५५ जना यात्रु बोकेर वस काठमाडौंका लागि छुटेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ३२ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ भने सामान्य घाइते १३ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

धादिङबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९८५ नम्बरको बस अनियन्त्रित भई धादिङबेसी आरुघाट सडक खण्डको ज्यामरुङ ९ को कमेरे नजिकै ८ माघ बिहान दुर्घटना भएको हो ।

धादिङमा बस दुर्घटना, ३ को मृत्यु ३० घाइते
धादिङको कमेरे नजिकै बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

हिमालखबर
सोमबार , ८ माघ २०६९ ११स्५० एम

धादिङबाट काठमाडौं आउँदै गरेको ना २ ख ४९८५ नम्बरको बस अनियन्त्रित भई धादिङबेसी आरुघाट सडक खण्डको ज्यामरुङ ९ को कमेरे नजिकै दुर्घटना भएको हो ।

मृतकमध्ये दुई पुरुष र एक महिला रहेपनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ  । गोरखा र धादिङको सीमाना निजिकै मोडबाट बस ५० मिटर तल खसेको थियो ।

बिहान ९ बजे दुर्घटना भए पनि एक घण्टा पछि मात्रै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा घाइते भएकाहरु मध्ये केहीको अवस्था चिन्ताजनक रहेको र उपचारका लागि काडमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>