समाचारसोमबार, माघ ८, २०६९
धम्कीको राजनीति नगर्न खनालको चेतावनी
एमाले अध्यक्ष खनालले अब धम्कीका भरमा राजनीतिक नगर्न एमाओवादीलाई चेतावनी दिएका छन् । “एमाओवादी पुनः विद्रोहको धम्की दिएर आफैंलाई समाप्त गर्ने बाटोतर्फ लागेको छ, त्यस्तो धम्की अब चल्दैन,” एमाले उपत्यका विशेष समन्वय कमिटीले ८ माघमा पार्टी मुख्यालयमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।
एमाओवादीले सर्वसत्तावादी चरित्र देखाउँदै विना कुनै विकल्प संविधान सभाको विघटन गराएको आरोप लगाउँदै खनालले अब एमाले अब चुप लागेर नबस्ने बताए । अध्यक्ष खनालले थपे, “एमाओवादीकै कारण देश अहिले भयावह सङ्कट, सर्वसत्तावाद र निरंकुशतातर्फ अग्रसर भएको छ, त्यसकाविरुद्ध अब एमाले अगाडि बढ्छ ।”
आफूहरु सहमतिका लागि तयार भए पनि एमाओवादीको निरंकुशता र सर्वासत्तावादका अगाडि नझुक्ने उनको भनाई थियो ।
