समाचारसोमबार, माघ ८, २०६९

दाहालको प्रधानमन्त्री बन्ने चाहना

हिमालखबर

तस्बीर: रासस

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको गोरखा जिल्ला अधिवेशन उदघाटन गर्दै आफू प्रधानमन्त्रीको उम्मेदवार हुन तयार रहेको बताएका छन् । “नयाँ विकल्पका रुपमा म पनि प्रधानमन्त्री हुन तयार छु” ८ माघमा गोर्खा पुगेका दाहालले भने, “कांग्रेस नेताहरुले पनि गिरिजाप्रसाद कोइरालापछि मुलुकलाई निकास दिने मान्छे प्रचण्ड हो भनेका छन् ।”

अध्यक्ष दाहाललगायत केन्द्रीय नेताहरुसँगै गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईले पनि सहमतिको सरकारमा पहिलो विकल्प दाहाल नै हुने बताएका छन् । दलहरुबीच सहमति बनाई जेठको दोस्रो सातासम्ममा निर्वाचनमा जानुपर्ने भन्दै उनले थपे, “हाम्रो पार्टीमा पहिलो विकल्प अध्यक्ष नै हो ।”

कार्यक्रममा दाहालले विपक्षी दलहरुलाई आन्दोलन नगरी वार्तामा आउन आह्वान गर्दै आगामी जेठभित्र संविधानसभाको निर्वाचन गर्न जुनसुकै विकल्पमा भए पनि सहमति गर्न आफूहरु तयार रहेको पनि बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>