समाचारमंगलबार, माघ ९, २०६९
‘द्वन्द्वकालका घटनाको नैतिक जिम्मेवारी लिन्छु’
प्रेस युनियन सल्यानले ९ माघमा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, “मेरो
नेतृत्वमा कुनै पनि मानवअधिकार उल्लंघनको घटना भएको छैन, तर पनि त्यसबेला भएका घटनाहरुको म नैतिक जिम्मेवारी लिन्छु ।” उनले थपे, “हिम्मत भए ममाथि मुद्दा चलाए हुन्छ, माओवादी नेताहरुमा त्यो साहस छ ?” एमाओवादी नेताहरुले द्वन्द्वकालमा भएका घटनाहरुमा कांग्रेस एमालेका नेताहरुलाई मुद्दा हाल्ने र कोही बाँकी नरहेन धम्की दिएको सन्दर्भमा देउवाको यस्तो प्रतिक्रिया आएको हो ।
सरकारमा रहेका दलहरुले आन्दोलनको घोषणा गर्नुले प्रजातान्त्रिक मुल्य र मान्यताको खिल्ली उडाएको टिप्पणी गर्दै नेता देउवाले देश गम्भीर दलदलमा फसेकाले राजनीतिक निकासका लागि सहमतिनै उत्तम विकल्प भएकोमा जोड दिए ।
एकीकृत नेकपा माओवादी अध्यक्ष दाहालले विपक्षी दलहरु आन्दोलन छोडेर सहमतिमा नआए शान्ति सम्झौता च्यात्छु भन्दै हिंडनुले पनि सहमतिको बाधक एकीकृत माओवादीनै हो भन्ने पुष्टि भएको देउवाको दाबी थियो ।
