समाचारमंगलबार, माघ ९, २०६९

एमाओवादी भ्रमको खेती गर्दैछः केसी

हिमालखबर

नेपाल प्रेस युनियन धनकुटाले ९ माघ विहान धनकुटामा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले एमाओवादीले निर्वाचनको कल्पनासम्म नगरेको भन्दै अनेकौं भ्रम छर्दै सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाए । एमाओवादीप्रति आक्रोशित देखिएका केसीले देशको सम्पूर्ण संयन्त्रलाई एमाओवादीले लथालिङ्ग अवस्थामा पुर्‍याएको भन्दै थपे, “राज्य सञ्चालनको मुख्य जिम्मेवारी लिएको पार्टीका नेताहरुले सार्वजनिक रुपमा अहिलेसम्म भएका सम्झौता च्यातेर फाल्छु भनेर घुर्की र धम्की दिदै हिड्नु लज्जास्पद हो, हिम्मत भए च्यातेर देखाए हुन्छ ।”

उनले एमाओवादी र मधेशी मोर्चा सहमति पनि नगर्ने, सत्ता पनि नछाड्ने र निर्वाचन नगराउने षडयन्त्रमा लागेको दाबी गरे । वर्तमान सरकार इतिहासकै असफल र घुसखोर भएको आरोप लगाउँदै नेता केसीले आन्दोलनको बलबाट नै बाबुराम भट्टाराईको सरकारलाई घुँडा टेकाई छाड्ने बताए । उनले आन्दोलनलाई सफल बनाउन पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।

सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>