समाचारमंगलबार, माघ ९, २०६९
प्रधानमन्त्रीलाई निषेध गर्दै दैलेख बन्द
विपक्षी दलहरुले प्रधानमन्त्रीले पत्रकार डेकेन्द्रराज थापाको हत्याको छानबिन रोक्न लगाएको भन्दै प्रधानमन्त्रीलाई जिल्लामा आउन नदिने घोषणा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । उनीहरुले ९ माघ दिउँसोदेखि १० माघ अपरान्ह ४ बजेसम्मका लागि सदरमुकाम बन्दको घोषणा गरेको बताए । आज बिहान बसेको जिल्लाका ७ विपक्षी दलहरुको संयुक्त बैठकले साँझ मशाल जुलुश प्रदर्शन र १० माघमा सरकारविरुद्ध ब्यापक प्रदर्शनको पनि तयारी गरेको छ ।
विपक्षीहरुको बहिस्कार र प्रदर्शनलाई ध्यानमा राखि प्रधानमन्त्रीको सुरक्षाका लागि दुई सय सशस्त्र प्रहरी सुर्खेतबाट झिकाइएको प्रशासनले जनाएको छ । १० माघमा पार्टी जिल्ला अधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्रीलगायत एमाओवादीका शीर्ष नेताहरु दैलेख आउने कार्यक्रम छ ।
