समाचारबुधबार, माघ १०, २०६९
एमाओवादीले निर्वाचन चाहेको छैन: केसी
प्रेस युनियन मोरङले १० माघमा विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले एमाआवादी विभिन्न बहानामा निर्वाचन हुन नदिई सत्तामा रहने खेलमा लागेको बताए । “सरकारपनि नछाड्ने निर्वाचनपनि नगराउने माओवादीको मनसाय छ,” केसीले भन, “माओबादी नेतृत्वको सरकारले बद्नाम र भ्रष्टका रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा छबी बनाएको छ ।”
नेता केसीले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई आउने वर्षायाम कट्न नदिने पनि दाबी गरे । बर्षा अगाडि निर्वाचन पनि नहुने ठोकुवा गर्दै उनले सहमतिको सरकारका लागि कांग्रेसले नेतृत्वको दाबी कायम राख्ने बताए ।
सहमति गरेर निकास ननिकाले राष्ट्रपतिले हस्तक्षेप गर्नु पर्ने बताउ“दै नेता केसीले थपे, “जटिलता र चुनौतिपूर्ण अवस्थामा राष्ट्रपतिले आफ्नो दायित्व निर्वाह गर्नु हुनेछ भन्नेमा आशाबादी छु ।”
कमल रिमाल/विराटनगर
