समाचारबुधबार, माघ १०, २०६९

दैलेखमा प्रहरीले गोली चलायो

हिमालखबर


एमाओवादीको जिल्ला सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल लगायतका हेलिकप्टरबाट फिर्ता भए लगत्तै प्रहरीले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले टेलिफोनमा बताएका छन् । हवाई फायर समेत गरिएको बताइए पनि त्यस्को पुष्टि हुन सकेको छैन ।

अहिले काँडाचौर नजिक एमाओवादी वाइसीएल र विपक्षी दलहरुबीच समेत झडप भइरहेको छ ।
—————————————————————————

दैलेखमा सय बढी घाइते, स्थिति अराजक

दैलेखमा एमाओवादीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएपछि एमाओवादी कार्यकर्ता र प्रहरीले कुट्दा विपक्षी दलका सय बढी कार्यकर्ताहरु घाइते भएका छन् ।

स्थानीय काँडाचौरमा आयोजित सभालाई उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने क्रममा कालो झण्डा देखाएपछि भिडन्त भएको स्थानीय पत्रकार विष्णु शर्माले जानकारी दिए । “हामी पत्रकारहरु पनि सभास्थल नजिकै सुरक्षित कोठाभित्र छौं, बाहिर निस्कने अवस्था पनि छैन, ६० – ७० जना चौरमै लडेको भन्ने खबर आएको छ,” शर्माले भने ।

एमाओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठले सम्बोधन गर्ने क्रममा विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाएपछि झडप शुरु भएको थियो । झडपले केहीबेर विथोलिएको कार्यक्रम पुन: शुरु भएको छ भने अहिले कार्यक्रमस्थलमा बाहिरबाट प्रवेशमा रोक लगाइएको छ ।

समाचार संकलनका लागि गएका पत्रकारहरुलाई एमाओवादी कार्यकर्ताहरुले ‘डेकेन्द्रकै हालत बनाइदिने’ धम्की दिएपछि पत्रकारहरुले पनि एमाओवादीको विरोध गरेका थिए । त्यसपछि पत्रिकामाथि पनि आक्रमण शुरु भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>