समाचारबिहीबार, माघ ११, २०६९
थापाहत्याको मुद्दा उठाएर बखेडा गरे: दाहाल
दैलेखबाट फर्किएपछि ११ माघमा सुर्खेतको विरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले पत्रकार डेकेन्द्र थापाको हत्या लगायतका द्वन्द्वकालका घटनाहरु आयोगमार्फत छानबिन गर्नुपर्ने बताएका हुन् । उनले पत्रकार डेकेन्द्रराज थापाको मुद्दा उठाएर आफुहरुलाई एक्ल्याउन खोजिएको भन्दै आफ्नो पार्टी झनै एकजुट हुन मद्दत पुग्ने दाबी गरे ।
सत्यनिरुपण आयोग गठनबारे विगत केही बर्षदेखि चर्चा चले पनि अहिलेसम्म गठन हुन सकेको छैन । सरकारले राष्ट्रपति समक्ष पठाएको अध्यादेशमा द्वन्द्वकालका घटनाहरुमा आममाफी दिन सकिने व्यवस्था हुने गरी आयोगको सिफारिस गरिएको भन्दै विपक्षी दलहरु लगायत अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत त्यसको विरोध भएपछि अध्यादेश स्वीकृत हुनसकेको छैन ।
एमाओवादी अध्यक्ष दाहालले सहमति नहुँदै सरकार छोड्दा झन अन्योल हुने भन्दै आफुहरु सबै विकल्पमा छलफलमा जान तयार रहेको र सहमति हुने बित्तिकै सरकार छोड्ने समेत बताएका थिए ।
