समाचारबिहीबार, माघ ११, २०६९

महासेनानी लामालाई थप पाँच महिना थुनामा राख्न आदेश

हिमालखबर

उनलाई धरौटीमा रिहा गर्न वकिलले गरेको निवेदन अस्वीकार गर्दै अदालते लामाको अन्तरिम सुनुवाई आगामी ५ जुनमा गर्ने बताएको छ । लामालाई राखिएको बेल्मार्सस्थित कारागारबाट भिडियोमार्फत लामाको सुनुवाई भएको थियो । त्यसैगरी अदालतले दुबैतर्फका वकिलहरुलाई १० मेसम्ममा प्रमाण पेश गर्न भनेको छ ।

लामामाथि माओवादी सशस्त्र हिंसाका बेला दुईजना बन्दीहरुलाई यातना दिएको अभियोग लगाइएको छ । पत्नीलाई भेट्न बेलायत पुगेका बेला उनलाई बेलायतको युद्ध अपराधसम्बन्धी कानून अनुसार ससेक्सबाट  बेलायतको प्रहरीले पक्राउ गरेको थियो ।

लामाका तर्फबाट चिलीका पूर्व तानाशाह अगस्टो पिनोसेको मुद्दा लडेका कानूनी ब्यवसायी क्युसी माइकल क्याप्लान वकिल नियुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>