समाचारशुक्रबार, माघ १२, २०६९

स्थापितलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

हिमालखबर

१२ माघमा न्यायाधीश गिरिशचन्द्र लालको  एकल इजालशले माघ २२ गेतसम्मका लागि उक्त आदेश कार्यन्वयन नगर्न नगारउन आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए । आदेशमा दुवै पक्षलाई छलफलका लागि २२ माघमा बोलाइएको छ भने विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरिएको छ ।

आफूलाई कानून विपरित उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तबाट हटाइएको भन्दै स्थापितले ८ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ४ माघमा बसेको मन्त्रिपरिषदको बैठकले स्थापितलाई हटाई उनको ठाउँमा योगेश्वरकृष्ण पराजुलीलाई नियुक्त गरेको थियो ।

स्थापितले प्रधानमन्त्री पत्नी हिसिला यमीले आफूसँग पैसा मागेको, अनावश्यक कामका लागि दबाव दिएको र सो नमान्दा हटाइएको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>