समाचारशुक्रबार, माघ १२, २०६९
विपक्षी दलहरूको देशभर विरोध प्रदर्शन
बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको बाधक भएको भन्दै विपक्षी दलहरुले २ माघमा आन्दोलनको घोषणा गरेका थिए । केन्द्रीय तहका नेताहरू विरोधसभामा संबोधनका लागि जिल्ला जिल्लामा पुगेका छन् । अहिले विभिन्न जिल्लामा सभा तथा प्रदर्शन भइरहेको छ ।
राष्ट्रिय सहमतिको लागि वर्तमान सरकार हटेर मार्ग प्रशस्त गर्नुपर्ने भन्दै विपक्षी दलले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको गृह जिल्ला दैलेखबाट आन्दोलनको शुरुवात गरेका थिए । विपक्षी दलको संयुक्त आन्दोलन परिचालन समितिको बैठकको निर्णय अनुसार विपक्षी दलका केन्द्रदेखि जिल्ला तहका नेता तथा कार्यकर्ता आन्दोलित भएका छन् ।
