समाचारशनिबार, माघ १३, २०६९

राष्ट्रपतिद्वरा चिन्ता व्यक्त

हिमालखबर

लामो समयसम्म गरेको आन्दोलनबाट प्राप्त उपलब्धी रक्षा गर्न नसक्नु दलहरुको कमजोरी भएको भन्दै यादवले लोकतन्त्रको रक्षाका लागि निर्वाचन अनिवार्य रहेको बताए । नेपाल बार एशोसिएसन र ल एसियाले गरेको कार्यशाला गोष्ठिमा राष्ट्रपति यादवले संविधान निर्माण नभई संबिधानसभा बिघटन हुनु दुर्भाग्य भएको टिप्पणी गरे । संबिधानसभाबाट संबिधान जारी हुन नसकेको कारण मुलुकमा संक्रमणकाल कायमै रहेको यादवको भनाई छ ।

कार्यक्रममा प्रधानन्यायधीश खिलराज रेग्मीले स्वतन्त्र न्यायपालिकाको लागी कसैसंग सम्झौता हुन नसक्ने बताए । उनले कानूनी शासन स्थापित हुन सके लोकतन्त्रको रक्षा हुनेमा जोड दिए । एशिया प्रसान्त क्षेत्रका बार एशोसिएशनको साझा संगठन ल एशिया र नेपाल बार एशोसियशनले संयुक्त रुपमा आयोजना गरेको अन्तर्राष्ट्रिय र्कायशाला गोष्ठी १४ माघसम्म चल्ने छ । गोष्ठिमा नेपालको कानूनी जटिलताका विषयमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>