समाचारशनिबार, माघ १३, २०६९

संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता नेपाल

हिमालखबर

नेकपा एमाले गण्डकी अञ्चल सम्पर्क कमिटीको दोस्रो अधिवेशनलाई काठमाडौंमा १३ माघमा सम्बोधन गर्दै नेता नेपालले पटकपटक झुक्याउने एमाओवादी नेतृत्वका कारण नै राजनीतिक सङ्कट गहिरिएको भन्दै आन्दोलनबाटै बाबुराम भट्टराईको सरकारलाई हटाउनु पर्नेमा जोडदिए । उनले प्रधानमन्त्री बाबुराम भट्टराईले राज्य आतङ्क मच्चाएर शासन गर्न लागेको आरोप लगाउँदै दैलेखमा सुरक्षाको प्रत्याभूति नभएर पत्रकारहरु विस्थापन हुने अवस्था आउनुले एमाओवादी स्वतन्त्र पत्रकारिताका विरुद्धमा धावा बोलिरहेको स्पष्ट भएको बताए ।

जनतालाई आतङ्कित बनाएर शासन गर्ने एमाओवादी प्रवृत्तिलाई सुधार गर्न सङ्घर्षको आवश्यकता भएकोमा जोड दिंदै उनले अब सुधारिएको माओवादीसँग मात्र एकता तथा सहकार्य सम्भव हुने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>