समाचारशनिबार, माघ १३, २०६९

पैसा र बन्दुकमा एमाओवादी रमाएको छः पौडेल

हिमालखबर

काग्रेसका उपसभापति पौडेलले नयाँ निर्वाचन र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि तत्परता नदेखाएसम्म प्रतिपक्षी दलले शुरु गरको आन्दोलन नरोकिने बताए । १३ माघमा पर्वतमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले देशले संविधानसभा मागेको र संविधानसभाले नयाँ निर्वाचन मागेको बताउँदै त्यसका लागि एमाओवादीले तत्परता नदेखाए पूर्व राजा ज्ञानेन्द्रको जस्तै हालत हुने चेतावनी दिए ।

एमाओवादीले इतिहासका गल्तीहरु बारम्बार दोहोर्‍याउन खोजेको बताउँदै नेता उनले एमाओवादी निर्वाचनवाट भाग्न खोजेको आरोप लगाए ।

यसअघि पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले एमाओवादीले योजनाबद्ध तवरले दैलेख घटना गराएको बताए । प्रधानमन्त्री बाबुराम भट्टराईले जनतामाथि गोली चलाउने आदेश दिएर आफ्नो प्रबृत्ति उदाङ्गो पारेको पौडेलको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>