समाचारआइतबार, माघ १४, २०६९

प्रधानमन्त्री सवार गाडीमा ढुंगा प्रहार

हिमालखबर

१४ माघमा कैलाली जिल्ला सम्मेलन उद्घाटन गर्न धनगढी आएका प्रधानमन्त्रीलाई विपक्षी दलका कार्यकर्ताहरुले कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडीमा ढुंगा प्रहार गरेका हुन् । मुलुकमा दण्डहिनता बढेको भन्दै प्रधानमन्त्रीको विरोधमा उत्रेका विपक्षीदलहरुले प्रधानमन्त्रीलाई बहिस्कार गर्ने अभियान नै चलाएका छन् । प्रधानमन्त्री आउने भएपछि नेविसंघले कैलाली सदरमुकाम बन्दको आह्वान गरेको थियो ।

विपक्षी दलका युवा कार्यकर्ताहरुले हानेको ढुंगा प्रधानमन्त्री चढेको गाडिको पांग्रामा लागेको र कुनै क्षति भएको छैन ।

प्रधानमन्त्री भट्टराई अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित आजै पार्टीको बैतडी जिल्ला अधिवेशन उद्घाटन गरेर कैलाली आइपुगेका हुन् । बैतडीमा पनि विपक्षी दलहरुले प्रधानमन्त्रीको पुतला दहन गर्दै कालो झण्डा देखाएका थिए । प्रदर्शनकारी र एमाओवादी कायकर्ताबीच केही बेर तनाव भएको थियो । बैतडीमा प्रधानमन्त्रीको सुरक्षाका लागि सेना परिचालन गरिएको थियो ।

हिंजो १३ माघमा पनि पार्टी जिल्ला अधिवेशन उद्घाटनका लागि रौतहट र महोत्तरी पुगेका भट्टराई सहभागी कार्यक्रम पत्रकारहरुले बहिस्कार गरेका थिए । पत्रकार डेकेन्द्र थापा हत्याका अभियुक्तहरुलाई संरक्षण दिन खोजेको भन्दै देशभरकै पत्रकारहरु आन्दोलित छन् ।

दिर्घराज उपाध्याय, कैलाली

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>