समाचारआइतबार, माघ १४, २०६९

‘भट्टराई सरकार असंवैधानिक, अराजनीतिक र भ्रष्ट’

हिमालखबर

नेपाल प्रेस युनियन धनकुटाले १४ माघ विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै नेता कोईरालाले वर्तमान सरकारको नेतृत्वमा कुनै हालतमा निर्वाचन सम्भव नभएको ठोकुवा गरे । उनले संवैधानिक निकायहरुलाई समाप्त गरी सत्ता कब्जा गर्ने रणनीतिमा चलेको भट्टराई सरकारलाई मधेशी मोर्चाले पनि सघाएर राष्ट्रघात गरेको आरोप लगाए ।

उनले राजनीतिक दलहरुबीच एकहप्ताभित्र सहमति नभए मुलुक ठूलो दुर्घटनामा फस्ने भन्दै सत्तापक्षलाई सहमतिमा ल्याउनकै लागि विपक्षी दलहरुले आन्दोलन शुरु गरेको दाबी गरे । सरकारको नेतृत्व गरिरहेका एमाओवादी र मधेशी मोर्चा विपक्षीहरुले गरिरहेको आन्दोलनको प्रतिकारमा उत्रेर जात्रा देखाएको भन्दै सरकार मुठभेडमा उत्रिए त्यसको सशक्त प्रतिकार हुने र सरकार परास्त हुने चेतावनी दिए ।
सन्तोष रुचाल, धनकुटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>