समाचारआइतबार, माघ १४, २०६९

पत्रकार पुनस्थापना नभए अकोराबले आन्दोलन गर्ने

हिमालखबर

१४ माघमा सुर्खेतमा सरोकारवाला निकायसँग भएको छलफलमा अकोराबका महासचिव खेम भण्डारीले सञ्चारविहीन बनेको दैलेखमा विस्थापित पत्रकारलाई पुनःस्थापित गरी बन्द सञ्चार माध्यम सञ्चालन गर्ने वातावरण तयार नभए प्रतिकात्मक आन्दोलन गर्न वाध्य हुने बताए ।

छलफलमा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले दैलेख घटनाका बारेमा जानकारी गराउदै सत्ता पक्षले नै जनतालाई उत्तेजित बनाउँदा दैलेख घटना भएको बताए । उनले पत्रकार तथा आम नागरिकको सुरक्षा दिन प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै दैलेख समस्या समाधानका लागि एकीकृत माओवादीको जिल्ला नेतृत्वसँग समन्वय गर्न समेत तयार रहेको धारणा राखे । कार्यक्रममा भेरी अंचल प्रहरी कार्यालय नेपालगंजका वरिष्ठ प्रहरी उपरिक्षक मधुप्रसाद पुडासैनीले पत्रकारलाई धम्की दिनेलाई अनुसन्धान गरी कारवाही गर्ने बताए ।

यसैबीच एकीकृत नेकपा माओवादीका कार्यकर्ताको धम्कीका कारण विस्थापित भएर सुर्खेत आएका दैलेखका पत्रकारहरुले क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा अनिश्चितकालालीन रिले अनसन सुरु गरेका छन् । यसअघि उनीहरुले विस्थापितहरुको पुनस्थापना र बन्द भएका सञ्चार माध्यम सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।

दैलेखबाट बिस्थापित २२ पत्रकार र सुर्खेतका समेत पत्रकारहरु रिले अनसनमा सहभागी भएका छन् । विस्थापित पत्रकारहरुलाई ससम्मान फर्काउने वातावरण बनाउनुपर्ने र बन्द भएका सञ्चार माध्यमहरु सुचारु गराउनका लागि तत्काल सुरक्षाको प्रत्यभूती दिने दायित्व राज्यको भएको भन्दै नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सुर्यमणि गौतमले ती दायित्वहरु पूरा नगरेका कारण अनसन शुरु गरेको बताएका छन् ।

दैलेखमा एमाओवादीको बारम्बारको धम्कीबाट असुरक्षित भएपछि २२ जना पत्रकारहरु सुर्खेत विस्थापित भएका छन् । जिल्लाका प्रहरी र प्रशासन प्रमुखको पनि सरुवा भएपछि झन असुरक्षित भएको महशुस गर्दै स्थानीय सञ्चारमाध्यम समेत बन्द गरेर उनीहरुले ११ माघमा दैलेख छोडेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>