समाचारआइतबार, माघ १४, २०६९

‘बाबुराम सरकार इतिहासकै सबैभन्दा भ्रष्ट’

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १४ माघमा गरेको साक्षात्कारमा नेपाली कांग्रेसका नेता रामशरण महतले नेपालको इतिहासमै अहिले जस्तो खुलेआम र धेरै परिमाणमा भ्रष्टाचार नभएको दाबी गर्दै एमाओवादीले भ्रष्टाचारलाई सम्मानजनक काम बनाएको बताए । उनले पोखरा विमानस्थल, माथिल्लो त्रिशुली तेस्रो एको क्षमता विस्तार, नेपाल टेलिकम र चिनियाँ जहाज खरिद प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको भन्दै कृष्णबहादुर महराको सार्वजनिक टेप काण्डमा मागिएको ५० करोड रुपैयाँ अहिले मध्येकै कुनै आयोजनाको डिल बापत भएको दावी पनि गरे ।

आफू अर्थमन्त्री भएका बेला नेपाल बायूसेवा निगमले चीनको जाहाज उपयूक्त नभएको भनी लिन अस्विकार गरेको तथ्य खुलाउँदै अहिले अन्तर्राष्ट्रिय स्तरमा उडान अनुमति समेत नपाएको ६ वट चिनियाँ जाहाज ल्याउन लाग्नुमा भ्रष्टाचारबाहेक कुनै कारण नभएको महतले दाबी गरे ।

नेकपा एमालेका नेता रघुवीर महासेठले अहिलेको सरकारले राण, पञ्चायत र बहुदलीय कालमा भएको भ्रष्टाचारलाई समेत विर्साएको भन्दै एमाओवादी नेताहरु देशको अर्थतन्त्रलाई टाट पल्टाएर सुखसुविधा भोगमा लागेको आरोप लगाए । उनले एमाओवादीलाई अब नेपाली जनताले तह लगाउने चेतावनी दिए ।

साक्षात्कारमा शान्ति तथा पुनःनिर्माण मन्त्री टोपबहादुर रायमाझीले विपक्षी दलहरुको आरोपलाई कुर्सी नपाएको आक्रोश भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>