समाचारआइतबार, माघ १४, २०६९
आन्दोलन सशक्त पार्न एमालेको निर्देशन
नेकपा एमालेले पार्टी मुख्यालयमा १४ माघमा आयोजित बैठकमा सरकार बिरुद्धको आन्दोलन सशक्त पार्न एमालेले कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । बैठकमा जनवर्गीय संगठन, विभिन्न विभागहरु, उपत्यकाका तीनवटै कमिटी र सम्पर्क समितिलगायत सबैजसो नेताहरु सहभागी थिए ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले सत्ताधारी दलको कृयाकलापबाट सर्वसाधारण आक्रान्त भएको बताए । उनले एमाओवादीले धम्कीपूर्ण अभिव्यक्ति दिएर अधिनायकवाद लाद्न खोजेको टिप्पणी गर्दै प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रको धज्जी उडाएको उल्लेख गरे ।
त्यसैगरी स्थायी समिति सदस्य केपी ओलीले एमाओवादीका कारण मुलुक संक्रमणकालिन अवस्थामा पुगेको भन्दै हिंसाले शक्तिमा आएको एमाओवादीले राजनीतिक धोकाधाडी गरेको आरोप लगाए ।
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष बामदेव गौतमले एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारको सर्वसत्तावादविरुद्ध सशक्त रुपमा प्रस्तुत हुन कार्यतालाई निर्देशन दिए । उपाध्यक्ष गौतमले बिगतमा भएका सबै आन्दोलन जनताले सफल बनाएकाले अबको आन्दोलनबाट वर्तमान सरकारको बहिर्गमन हुने दावी गरेका थिए ।
