समाचारसोमबार, माघ १५, २०६९

सरकार मुठभेड निम्त्याउन खोज्दैछः पौडेल

हिमालखबर

नेपाल प्रेस युनियन बागलुङले १५ माघ बिहान गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सरकारले जनपरिचालनका नाममा देशमा मुठभेड निम्त्याउन खोजेको बताएका छन् । सत्तापक्ष सडकमा आउने घोषणा गर्नुले उनीहरु विपक्षीसँग मुठभेड गर्न चाहेको स्पष्ट भएको भन्दै पौडेलले जनआन्दोलनको बलमा वर्तमान सरकारलाई विस्थापन गरी छाड्ने दाबी गरे ।

बाबुराम नेतृत्वको सरकार गैरकानूनी ढङ्गले चलेकाले वार्ता र सम्वाद गर्नुको कुनै औचित्य नहुने भन्दै आफैं सत्तामा रहेर सडकमा अराजकता निम्त्याउन खोज्नु सकारको पञ्चायती शैली भएको पौडेलले टिप्पणी गरे ।

एमाओवादी र मधेशी मोर्चा गठबन्धनको सरकारले राज्यशक्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेता पौडेलले यसको अनुसन्धान गरी कानूनी कार्वाही गर्नु जरुरी रहेकोमा जोड दिए । उनले प्रधानमन्त्रीले अपराधीहरुलाई जोगाउँदै हिंडेकोप्रति आक्रोश व्यक्त गर्दै सरकार मुलुकमा अपराध बढाउन हौसिएको पनि आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>